
उदयपुर, साउन १ । सरकारी स्वामित्वको देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ ।
हाइटेन्सन पावर सस्पेन्सन प्रिहिटर फ्यान मोटर बिग्रिएपछि उत्पादन बन्द भएको हो ।
कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको उद्योग सञ्चालनमा आएको केही सातामै उत्पादन ठप्प भएको हो ।
८०० मेट्रिकटन सिमेन्ट उत्पादनको क्षमता रहेको उद्योगबाट हाल दैनिक ६०० मेट्रिकटन उत्पादन भइरहेको उद्योगका प्रवक्ता रामबहादुर जिसीले जानकारी दिनुभएको छ ।
उद्योग बन्द हुँदा दैनिक करोड घाटा भएको उद्योग प्रशासनले जनाएको छ ।
यसअघि पनि मोटरमा आएको समस्याका कारण दुई महिना उद्योगको उत्पादन बन्द भएको थियो ।
मर्मतका लागि ह्याबी इलेक्ट्रोनिक इकुप्मेन्ट वर्कसप वीरगन्ज पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्