
काठमाडौं । नेकपा स्थायी कमिटि बैठक आज बस्ने भएको छ । हिजो बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका हुन् ।
लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा समस्या समाधान नभएपछि नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो ।
हामीसँग कुरा गर्दै परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीले नेताहरुको सहमतिमा विवाद केन्द्रीय कमिटीमा लैजाने बताउनुभयो ।
उहाँले आज स्थायी कमिटीको बैठक टुंग्याएर सहमतिमै विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउन सहमति भएको जानकारी गराउनुभयो ।
गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।
पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक रोक्ने समझदारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्