
सुनसरी । कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का रामकृष्ण दासको गएराति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठानको मेडिसन विभाग प्रमुख डाक्टर संजिव शर्माले जानकारी दिनुभयो ।
दास हिजो प्रतिष्ठानमा भर्ना हुनुभएको थियो । उहाँको पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्