
बागलुङ । बागलुङ नगरपालिका–१३ स्थित कालिगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ ।
जैमिनी नगरपालिका–१० का १८ वर्षका जीवन पुुनको कालीगण्डकी नदीको किनारामा हिजो शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पुन पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ स्थित दिदिको घरबाट जैमिनी फर्किने क्रममा सम्र्पकविहिन भएका थिए ।
उनको खोजी गर्ने क्रममा कालीगण्डकी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्