
पर्वत । पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ ।
कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका वार्ड नम्वर–३ दाना देखि खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढल्दा झण्डै ४ करोड रुपैया बराबरको क्षति भएको जनाईएको छ ।
जलजलास्थित धाइरिङको डिलबाट खसेको पहिरोले टावर ढालेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो । प्रशारण लाइनको अन्य दुई वटा टावरमा पनि सामन्य क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्