
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियासँग पारस्परिक सहयोग, सहकार्य र शान्तिका लागि वार्ताको प्रस्ताव गरेको छ ।
दक्षिण कोरियाको संसद ‘नेशनल एसेम्बली’का सभामुख पार्क ब्योङ–सिउङले आफ्ना उत्तर कोरियाली समकक्षीसँग यस्तो प्रस्ताव गर्नुभएको हो ।
दक्षिण कोरियाको सत्ताधारी डेमोक्रेटिक पार्टी त्यागेर एक महिना अघिमात्रै सभामुख बन्नुभएका पार्कले उत्तरसँग बढ्दो तनाव मत्थर गर्ने एकमात्र उपाय वार्ता भएको जिकिर गर्नुभयो ।
गत महिना उत्तर कोरियाले एकपक्षिय रुपमा दुई देशबिच सम्बन्ध स्थापना गर्ने सम्पर्क कार्यालय बन्द गरेपछि कोरियाली प्रायदिपको तनाव फेरी उत्कर्षमा पुगेको छ ।
दक्षिण कोरियामा संविधान जारी भएको ७२ औं वार्षिकोत्सव समारोहमा बोल्दै सभामुख पार्कले कोरियाली प्रायदिपको भाग्य कोरियाली जनताले नैं तय गर्नुपर्ने बताउनुभयो ।
जुनसुकै समय र स्थानमा अन्तर–कोरिया वार्ताको लागि आफु तयार रहेको उहाँको भनाई छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्