१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेची भन्सारको राजश्व असुली ६३ प्रतिशत मात्रै


0
Shares

झापा । प्रदेश नम्वर–१ मा सबैभन्दा बढी राजस्व संकलन गर्दै आएको मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य हाँसिल गर्न सकेको छैन ।

नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएसँगै त्यसको असर राजस्व असुलीमा परेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा १३ अर्व २४ करोेड १ लाख ९९ हजार रुपैयाँ वार्षिक राजस्व असुली गर्ने लक्ष्य भएपनि कार्यालयले ८ अर्व ३५ करोड ६६ लाख ५२ हजार ६ सय रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

यो लक्ष्यको तुलनामा ६३ दशमलव १२ प्रतिशत मात्र हो । भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले लक्ष्यको तुलनामा ३६ दशमल ८८ प्रतिशतले राजस्व संकलन गर्न नसकिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण पनि राजस्व असुलीमा प्रभाव परेको बताइएको छ ।