
तस्विर : फाइल
पाल्पा । पाल्पा –बुटवल सडक पहिरोको कारण अवरुद्ध भएको छ । हिजो रातिदेखि परेको अविरल वर्षाको कारण पाल्पा –बुटवल सडक खण्डको गौडेपुलमा पुन पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
तानसेन नगरपालिका वडा नम्बर–८ गौडेपुल र तिनाउँ गाउँपालिकाको वडा नम्बर–५ मस्याम कालीमाटी क्षेत्रमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्