२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


३६ औं बार्षिकोत्सवमा नबिल बैंकले ल्यायो विषेश ‘अफर’


0
Shares

काठमाडौं । नबिल बैंकले बैंकको ३६ औ बार्षिकोत्सवमा आफ्ना ग्राहकका लागि “३६ औं वार्षिकोत्सव योजना” ल्याएको छ ।

योजना अन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा व्याज छुट दिनेछ ।

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुटमा घर कर्जा ७.९९, धितो कर्जा ८.४९, व्यक्तिगत ओभरड्राफ्ट ८.४९ र साना तथा मझौला कर्जा ७.९९ प्रतिशत पाउन सकिनेछ ।

यो सबै शाखाबाट अगाडि बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई सहायता पुग्ने बैंकले विश्वास लिएको छ ।

नबिल बैंकको देशभर ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।