२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित


0
Shares

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ ।

केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भनिएको थियो । तर फेरि ४ गते बस्ने भन्दै बैठक सारिएको हो ।

शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागि हुन अधिकांश स्थायी कमिटी सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेकै बेला दिउँसो ३ बजेका लागि भनेर समय सारिएको थियो ।

३ बजेका लागि बैठक सारेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अलग्गै छलफलमा बस्नु भएको थियो । स्थायी कमिटीका सदस्यहरु ३ बजेको बैठकका लागि प्रतीक्षामा रहेकै बेला ४ गते ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बैठक दुई दिनपछि साउन ४ गते ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री केपी ओली लाई हटाउने विषयमा केन्द्रित रहेको नेकपा स्थायी कमिटी बैठक बाढी पहिरोबाट मुलुक आक्रन्त भएको र राहत एवं उद्धारमा खट्न भन्दै एक हप्ताका लागि स्थगित गरिएको थियो ।

यस अघि पनि पटक पटकस्थगित गरिएको बैठक शुक्रबार भने सञ्चालन गर्न बिहीबार अध्यक्षद्वय र नेता माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको थियो । तर आजै दुई पटक स्थगित गर्दै ४ गते आइतबारका लागि समय तोकिएको हो ।

असार १० गतेदेखि जारी स्थायी कमिटीको पाँचौं बैठक आजै अन्त्य हुने बताइए पनि बैठक पुन सरेको छ । पार्टी भित्रको संकट व्यवस्थापनका लागि एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ ।

नेकपामा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न दबाब दिइरहेका दाहाल–नेपाल समूह पछिल्लो पटक ओलीले प्रधानमन्त्री मात्रै छाडेपनि हुन्छ भन्ने तहमा आइपुगेको छ ।

तर ओलीले भने आफूले कुनै पद नत्याग्ने अडान राख्दै सकेको गर्न दाहाल–नेपाल समूहलाई चुनौति दिइरहनुभएको छ ।