१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् : बाबुराम


0
Shares

baburam bhattarai

काठमाडौं, साउन २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूपनि नजान्ने र अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा डा. भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत् कुनै ठोस कार्यक्रम नल्याएको बताउनुभयो ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी–व्यवसायी तथा श्रमिकका लागि कुनैपनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको उहाँले बताउनुभयो ।