१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फुल्पिङकट्टी पहिरोमा बेपत्तामध्ये थप एकको शव फेला, दुईजना अझै बेपत्ता


0
Shares

सिन्धुपाल्चोक, साउन २ । बिहीबार बिहानीपखको पहिरोमा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा तीनजनामध्ये एकको शुक्रबार शवफेला परेको छ ।

अविरल वर्षापछि खकुन्डोलमाथिबाट आएको पहिरोमा परी एकै परिवारका पाँचजना बेपत्ता भएका थिए ।

शुक्रबार दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेलापरेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

यस्तै, ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् ।

स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धारकार्य जारी छ । रासस