
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ ।
रेलिगेशन जोनबाट गुज्रिरहेको युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ ।
वाट्फोर्डलाई ३–१ ले पराजित गरेसँगै वेष्ट ह्याम रेलिगेशनबाट जोगिने लगभग बलियो बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि छैटौँ मिनेटमा मिकेल एन्टोनियो, १० औँ मिनेटमा टोमस सुचेक तथा ३६ औँ मिनेटमा डेक्लन राइसले गोल गरेका हुन् ।
वाट्फोर्डका लागि ट्रोय डीनीले ४९ औँ मिनेटमा एक गोल फर्काए ।
जितपछि १५ औँ स्थानमा पुगेको वेष्ट ह्यामको ३६ खेलबाट ३७ अंक भएको छ । पराजित भएको वाट्फोर्ड ३४ अंकसहित १७ औँ स्थानमा छ ।
रेलिगेशन जोनमा रहेका बोर्नमाउथ र एस्टन भिल्लाको समान ३१ अंक रहेको छ
प्रतिक्रिया दिनुहोस्