१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरीमा शसस्त्र प्रहरी र तस्करको समुहबीच झडप, एक जनाको पेटमा गोली लाग्यो


0
Shares

सुनसरी । सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ ।

गएराती भएको दुबै पक्षको झडपमा शसस्त्र प्रहरीको गोली लागि एकजना तस्कर गम्भीर घाईते भएका छन् ।

भारतबाट विभिन्न सामान तस्करी गरि नेपाल भित्र्याउँदै गरेको अवस्थमा प्रहरीले सामान बरामद गर्न खोज्दा दुबै पक्षबीच झडप भएको थियो ।

सामान बरामत गर्ने क्रममा शसस्त्र प्रहरीलाई ढुङगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनुभयो ।

प्रहरीले हानेको गोली लागेर हरिनगरा ७ का २० बर्षिय सवाज अन्सारी घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ ।

उनको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

तस्करहरुको समुहले हानेको ढुङगा लागेर शसस्त्र प्रहरी जवान जिवराज विशंखे घाइते भएका छन् ।

घाइतेको शसस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भैरहेको छ ।