
-भरत शर्मा/ईमेज
पाल्पा । हिउँदयाममा सुरङमार्ग र रकनेट भनेर चिनिने तर वर्षायाममा पहिरोको कारण अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड यस वर्षपनि पहिरोको चपेटामा परेको छ ।
पहिरोको कारण खुल्ने र बन्द हुने ठेगान नहुँदा दैनिकजसो यात्रुहरुको बिचल्ली हुने गरेको छ ।
बर्खाको समय यो सडक कुन समयमा बन्द हुन्छ र कुन समयमा खुल्छ भेउ नपाउँदा यात्रुहरुको बिचल्ली हुने गरेको छ ।
देनिकजसो दर्जनौ पटक बन्द हुने र दर्जनांै पटक खुल्ने भएका कारण यात्रुहरु बिचल्लीमा पर्ने गरेका हुन् ।
प्रत्येक वर्ष तानसेन वुटवल सडकखण्डमा करोडांै रुपैंयाँ खर्च गरेपनि सडकको स्तरउन्नती नहुँदा पहिरोको जोखिम कायमै रहेको छ ।
उत्तर दक्षिण र बिशेषगरी गण्डकी र ५ नम्बर प्रदेशलाई जोड्ने एकमात्र यस सडकखण्डमा चट्टाने पहिरोका कारण सडक अवरुद्ध हुनेमात्र नभइ वर्षेनी सवारी दुर्घटनामा परी धेरैले ज्यान गुमाउने गरेकाछन् ।
वर्षा यामसँगै माथिबाट ठुला ठुला ढुंगा खस्दा अवरुद्ध भएको सडकका कारण पाल्पा, गुल्मी स्याङ्गजा पर्वत, बाग्लुङ म्याग्दीजस्ता जिल्लाहरुमा आवगमन मात्र नभइ खाद्यान्न, अत्यावश्कबस्तुको ढुवानी समेत रोकिदै आएको छ ।
सडकमा क्षमता भन्दा बढि भारवहन युक्त सवारीका साधन गुड्नु, सडक चुरेपहाडको काखमा हुनु ,चुरे पहाडमा अनाधिकृत रुपमा डोजर चलाउनु जस्ता कारणले सडक उच्च जोखिममा परेको हो ।
तानसेन बुटवल सडकखण्डको गौडेपुल, कालीमाटी, दोभान, सिद्धवावा क्षेत्र सबैभन्दा जोखिम क्षेत्रको रुपमा रहेका छ । प्रहरी नायव निरिक्षक एक बहादुर नेपालीले बताउनुभयो ।
अवरुद्ध सडक समयमै खुलाउन , क्षति कम गराउन डिभिजन सडक कार्यलयले तानसेन वुटवल सडक खण्डमा दुई वटा डोजर संचालन गर्दै आएको छ ।
राजमार्गको उच्च जोखिमका दुइ स्थानको पहिरो पन्छाउनका लागि डोजर स्काभेटर ठाउँ ठाउँमा राखिएको डिभिजन सडक कार्यलय पाल्पाका इन्जिनियर राम विहारी चौधरीले बताउनुभयो ।
सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडक खण्ड पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जाकाजनता संग प्रत्यक्ष जोडिएकोले बाह्रै महिना सुचारु हुने गरी स्तर उन्नतीको लागी सरोकारवाला निकायले ध्यान दिनु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्