१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डडेल्धुराको कोतघर भत्कियो


0
Shares

डडेल्धुरा, साउन ३ । डडेल्धुराको अमरगढी किल्लामा निर्माण भएको कोतघर निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।

पुराना हातहतियार संग्रह गरी पर्यटकको अवलोकनका लागि भन्दै निर्माण गरिएको ढुंगा–माटोको कोतघर मापदण्डबमोजिम काम नहुँदा भत्किएको हो ।

सरोकारवाला निकायले निमार्णमा लापरबाही गरेको भन्दै कोतघर निर्माणको माग गरेका छन् ।

अमरगढी किल्लामा जाने प्रवेशद्वार र सिँढीसहितको बाटो पनि सोलिङमात्र गरिएको छ ।

यस्तै, डडेल्धुराको बागबजार बसपार्कमा निर्माण भएको मञ्चको पर्खाल पनि एक वर्ष नबित्दै भत्किएको छ ।