
पोखरा, साउन ३ । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा आएको बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु भएको छ ।
प्रदेशका पाँच जिल्लाका २९ पुरुष र २६ महिलाको मृत्यु भएको हो ।
पहिरोमा सबैभन्दा धेरै म्याग्दीमा २८ जनाको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक किरण रानाले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर तनहुँमा ११, कास्कीमा १०, लमजुङ र स्याङ्जामा तीन/तीनजनाको मृत्यु भएको छ ।
म्याग्दीका चार, स्याङ्जाका दुई र तनहुँका एकजना अझै बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्