
फाइल तस्वीर ।
कैलाली, साउन ३ । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरास्थित प्रयोगशालामा ११ र धनगढीस्थित प्रयोगशालामा आठ गरी शनिबार १९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा डोटी र कैलालीका सात/सातजना, डडेल्धुरा र बझाङका दुई/दुईजना र कञ्चनपुरका एकजना रहेका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २८ पुगेको छ ।
संक्रमितमध्ये एक हजार ६७० बढी ‘डिस्चार्ज’ भइसकेका छन् भने आठजनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्