
काठमाडौं, साउन ३ । यो साता सेयर कारोबारमा ६३.६७ अंकले सकारात्मक रहन गयो ।
बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार १३ सय ९४.७७ विन्दुमा पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार भएको दिन नेप्से परिसूचक १३ सय ३१.१० विन्दुमा थियो ।
यो साता बजार निरन्तर उकालो लाग्यो । सातामा पाँच अर्ब ३९ करोड ६६ लाख १२ हजार बराबरको कारोबार भएको छ ।
यो साता सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी आएको छ । यो कम्पनीको ५४ करोड ८० लाख ८१ हजार बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।
यस्तै, एनएमबि बैंक, हिमालय डिष्टिलरी, छिमेक लघुवित्त, नबिल बैंक, साना किसान विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् ।
गत साता पाँच दिन नै एनआईसि एसिया लघुवित्तको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ ।
प्रतिक्रिया दिनुहोस्