१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजस्व संकलन घट्यो


0
Shares

tax

रुपन्देही, साउन ३ । रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ७० अर्ब २९ करोड तीन लाख रुपैयाँमात्रै राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई एक खर्ब छ अर्ब ८९ लाख रुपैयाँ राजस्व संकलन गर्न तोकेको थियो ।

कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको ‘लकडाउन’का कारण भन्सार महसुल लक्ष्यबमोजिम नभएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले बताउनुभयो ।

भन्सारले उठाएको राजस्व विभागले तोकेको लक्ष्यभन्दा करिब ३० प्रतिशतले कम संकलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।