
काठमाडौं, जेठ २० । यही जेठ २२ र २३ गते काठमाडौंमा अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर–३ अन्तर्गत्को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा गरिने सम्मेलनमा सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका उपलब्धिबारे जानकारी गराउने उद्देश्य रहेको जानकारी दिइयो ।
प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले दक्षिण एसियाली क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका उपलब्धिहरुबारे अनुभव आदान–प्रदान गरिने बताए ।
सम्मेलनमा जलवायु परिवर्तन, वन, कृषि, पर्यटन, ऊर्जा, जल, जमिन र वातावरणकाबारे छलफल गरिनेछ ।
सम्मेलनमा जर्मनी, बेलायत, चीन, फिनल्यान्डलगायत सार्क राष्ट्रहरुको सहभागिता रहनेछ । १६ जना अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरुले कार्यपत्र पेस गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्