१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना खोप अनुसन्धानको डाटा चोरी गरेको भन्ने आरोपप्रति रुसको कडा आपत्ति


0
Shares

काठमाडौं । रुसले कोरोना भाईरसविरुद्ध खोप विकासका काम गरिरहेका संस्थाहरुको डाटा चोरी गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

बेलायतका लागि रुसी राजदुत एन्ड्रेइ केलिनले रुस आफैंले कोरोना भाइरसको खोप तयार पारिरहेको अवस्थामा खोपको अनुसन्धान चोरी गरेको आरोप लाग्नु गम्भीर भन्दै आपत्ती जनाउनु भएको छ ।

कोरोना विरुद्ध खोप बनाईरहेका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरुको सर्भर ह्याक गरी रुसी गुप्तचरहरुले विभिन्न सूचना चोरी गरेको आरोप बेलायतले लगाएको थियो ।

राजदूत केलिनले यस आरोपप्रति कुनै तुक नभएको भन्दै आरोपको खण्डन गर्नुभएको हो । यी तीन राष्ट्रहरुले एक बिज्ञप्ती जारी गरी रुसले बौद्धिक सम्पदा चोर्ने प्रयासमा साइबर हमला गरेको जिकिर गरेका थिए ।

बिज्ञप्तीमा एपीटी २९ नामक ह्याकिङ समूहले यो अभियान चलाइरहेको उल्लेख गरिएको छ । यद्दपी राजदूत केलिनले भने उक्त समुहबारे बेलायती दाबीपछि मात्रै आफुले जानकारी पाएको प्रतिक्रिया दिनुभयो । एजेन्सी