१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कप फुटबलको फाईनलमा


0
Shares

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा आर्सनल २–० ले विजयी भयो ।

उसका लागि गाबोनका स्ट्राइकर पिएरे एमरिक औबामायङ्गले दुबै गोल गरे । औबामायङ्गले खेलको दुबै हाफमा एक एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनलका स्पेनिस प्रशिक्षक मिकेल अर्टेटाले फुटबल प्रशिक्षणमा आफ्ना गुरु मान्दै आएका पेप ग्वार्डियोलाको टोलीलाई हराएका छन् ।

आर्सनलले अब उपाधिका लागि चेल्सी र म्यान्चेस्टर युनाईटेडबिच आज हुने दोस्रो सेमिफाईनल विजेतासँग खेल्नेछ । एजेन्सी