
प्युठान । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नं को ट्रयाक्टर दुर्घटना भएको हो ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्रयाक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिुनभयो ।
ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्