७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ठोरीको सीता गुफा नजिक उखेलिएको सीमास्तम्भ पुनः गाडियो


0
Shares

पर्सा । अज्ञात व्यक्तिले उखेलेर फालेको पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनःगाडिएको छ ।

ठोरीस्थित सीता गुफानजिकैकोे सीमास्तम्भ हिजो उखेलेर फालिएको थियो ।

उखेलिएको सीमास्तम्भ सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाँउपालिकाका जनप्रतिनिधीले भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे पुरानै स्थानमा गाडिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो ।

रामको जन्मभूमि ठोरीको आसपासमै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि ठोरी एकाएक चर्चामा आएको छ ।

नेपाल र भारत सीमा छुटयाउन गाडिएको पूरानो ३५ नम्बर र हाल अध्यावधिक गरिएको ४३६ नम्बरको पिल्लर शनिबार अपरान्ह उखेलेर भारत तर्फको भू-भागमा फालिएको अवस्थामा भेटिएको थियो ।

सीता गुफा रहेको पहाडको सिरानस्थित ४३६ नम्बरको पिल्लर गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उखेलेर फालेको अवस्थामा भेटिएको थियो ।

सीता गुफामा शनिबार दिउँसो ठोरीका जनप्रतिनिधी र स्थानीयले कलश यात्रा निकालेर धुमधामसँग पूजा गरेका थिए ।