६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याफ्रु-रसुवागढी सडकखण्डको तातोपानी डाँडामा पहिरो, सडक अवरुद्ध


0
Shares

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रु–रसुवागढी सडकखण्डको तातोपानी डाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

शनिबार रातीदेखि निरन्तर वर्षा भएकाले तातोपानी क्षेत्रको दुई स्थानमा आइतबार बिहान पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

स्याफुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकमा पहिरो जाने र ढुङ्गा खस्ने भएकाले यात्रा गर्दा सचेत हुन जिल्ला प्रहरी कार्यालय रसुवाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।