
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको भन्दै बिश्व जगतलाई चेतावनी दिइरहेकै बेला हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै २ लाख ६० हजार मानिस संक्रमित भएका छन् ।
डब्लुएचओका अनुसार विश्वभर २ लाख ५९ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जुन हालसम्मकै सबैभन्दा बढी हो ।
संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा देखापरेको डब्ल्युएचओको भनाई छ ।
अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४ सउ ८४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ब्राजिलमा ४५ हजार ४ सय ३, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ संक्रमण पुष्टि भएको हो ।
यसैगरी हिजो एकै दिन ७ हजार ३ सय ६० जना कोरोना भाइरसका कारण मृत्यु भएको छ । अमेरिकाको फ्लोरिडा राज्यमा मात्रै एकै दिन ९० जनाको मृत्यु भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्