२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्युत् कटौतीका कारण धनकुटाका उपभोक्तालाई सास्ती


0
Shares

धनकुटा । विद्युत् कटौती र न्यून भोल्टेजका कारण धनकुटाका उपभोक्ता समस्यामा परेका छन् ।

विद्युत्को अनियमित आपूर्ति र न्यून भोल्टेजले गर्दा धनकुटाको तेलिया, तांखुवा, मारेककटहरे, जीतपुरका साथै शहिदभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिकाका ग्रामीण क्षेत्रमा लकडाउन यता दैनिक लामो समयसम्म लोडसेडिङ् हुने गरेको उपभोक्ताले गुनासो छ ।

यता प्राधिकरणको धनकुटा वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले भने लाइन मर्मत र सफाइको काम चलिरहेकाले विद्युत् वितरणमा केही बाधा पुगेको जानकारी दिनुभयो ।