
-प्रकाश लम्साल/ईमेज
बारा । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगम स्थल बाराको पथलैया राजमार्गमा हिंडने यात्रुले खाजा र खाना खाने ठाउँले परिचित स्थान लकडाउनसंगै थलिएको छ ।
लकडाउन खुकुलो बनाइएसँगै यहाँका होटल रेस्टुराँ खुलेपनि ग्राहकको उपस्थिति सून्य जस्तै हँुदा होटल सुनसान बनेको हो ।
नेपाल बन्द बाहेक चौबीसै घन्टा सवारीसाधनले ब्यस्त राजमार्गको यस चोकमा देशव्यापी लकडाउन चैत ११ अघि गुल्जार देखिए पनि कोरोनाका कारण दृश्य फेरिन पुगेको छ ।
यात्रुको सेवा लक्षित होटल यतिबेला खुलेपनि सुनसान बनेको हो । पथलैया यात्रुको बिश्राम स्थल पनि हो एकैछिन थकाई मार्नेहरुको उपस्थिती नै ब्यापारको मुल स्रोत रहेको पथलैया आफैं बिश्राममा परेको ब्यबसायीहरु बताउछन ।
बंैक बितिय संस्थाको आँखामा होटल खुलेको देखिए पनि ब्यापार नभएकाले आर्थिक भार बढदै गएकोप्रति होटल ब्याबसायी सम्झना श्रेष्ठले चिन्ता प्रकट गर्नुहुन्छ ।
लकडाउन खुकुलो भएसंगै जोखिम मोलेर सिमित कर्मचारी सहित सेबामा जुटन लागिपरेका होटल ब्यबसायीहरु ग्राहकको उपस्थिती असाध्यै न्युन बनेपछि चिन्तामा छन् ।
आर्थिक नगरी वीरगन्ज, बारा, पर्सा, रौतहटबाट राजधानी भित्रिने र बाहिरिने नाकाको रुपमा परिचित पथलैयाका होटल, रेष्टुरेन्ट पूर्व अवस्थामा फर्कने आशा लिएर जोखिममै ब्याबसाय संचालनमा ल्याएका छन् ।
सडकमा थोरै मात्रामा ट्रक, टिपर, ट्यांकर र एम्बुलेन्स चलेपनि यतिबेला पथलैया गन्तब्य बन्न सकेको छैन ।
काठमाडौं छिर्ने निजी कार र बाइकका यात्रुले फाट्टफुट्ट होटलमा सेबा लिने गरेका छन् ।
कोरोना भाइरस मत्थर नभएसम्म र निजी तथा सार्वजनिक गाडी निर्बाध नचलेसम्म राजमार्गका होटल रेस्टुराँ संचालनमा आउन नसक्ने होटल पर्यटन ब्याबसायी संघका अध्यक्ष मोहन शर्मा बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्