
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका करिब एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
सप्तरीको कन्चनपुर स्थित फाइबर चोरी हुँदा सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।
नगरपालिकाको नगर क्षेत्र पर्ने वार्ड नं ६ ,७ , ३ र ४ मा टेलिकमको ल्याण्ड लाइन(टेलिफोन) सुबिधा प्राप्त भएपनि अन्य सबै क्षेत्रमा नमस्ते मोवाइल सेवा संचालित छन् ।
ल्याण्डलाइन र मोवाइल सेवा अवरुद्ध सर्बसाधारणका साथै कार्यलय, बित्तिय सेवा, संचारकर्मी र व्यापारी ठूलो मारमा परेका छन् ।
भरपर्दो ईन्टरनेट सेवा प्रदायक संंस्था नहुँदा नेपाल टेलिकमको एडियसल सेवामा भर पर्नु पर्दा सुचना र संचार बिना अझ अन्योलता बढेको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्