
वीरगन्ज । नक्कली कागजको आधारमा वीरगन्ज महानगरपालिका–४ मा करिव ५० करोडको जग्गा व्यक्तिको नामसारी गरेको खुलेको छ ।
मालपोल कार्यालय वीरगन्जका केही कर्मचारीहरुको संलग्नतामा नक्कली कागजहरु पेस गरेर जग्गा नामसारी गराइएको खुलासा भएको हो ।
जग्गा धनीको नक्कली छोरा बनेर काठमाडौका मुकेश राजभण्डारी, राकेश राजभण्डारी, रूपेश राजभण्डारीले जग्गा नामसारी गरेको पाइएको हो ।
वास्तविक जग्गाधनी गोपाल राजभण्डारी र पत्नी कमला राजभण्डारीको मृत्यु भइसकेपछि किर्ते गरी उनीहरुले जाग्गा नामसारी गरेका हुन् ।
जग्गा नामसारी गर्दा पेश गरिएको कागजबारे आवश्यक जाँच नगरिएको जिल्ला मालपोत कार्यालय पर्साका प्रमुख तारानाथ दंगालले बताउनु भएको छ ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख सुमन झाले कामको चापको कारण आफूबाट गल्ती हुन गएको स्वीकार गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्