
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरसँग लेष्टर सिटी पराजित भएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा लण्डन क्लब टोटनह्यामले लेष्टर सिटीलाई ३–० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा लेष्टरकै जेम्स जस्टीनले एक आत्माघाति गोल गरे ।
हारसँगै लेष्टर सिटीको शिर्ष चारमा रहँदै आगामी सिजन युएफा च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा धक्का लाग्ने सम्भावना बढेको छ ।
लिगमा एक खेल मात्रै खेल्न बाँकी छँदा चौथो स्थानको लेष्टर सिटीको ६२ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड समान ६२ अंकको साथ पाँचौ स्थानमा रहेको छ भने तेस्रो स्थानको चेल्सीको ६३ अंक छ ।
च्याम्पियन्स लिगमा छनौट हुन लेष्टर सिटीले अब सिजनको अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडलाई हराउनैपर्ने भएको छ ।
प्रिमियर लिगमा शिर्ष चार स्थानमा रहने टिमले च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्