७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मेस्सीले जिते सातौँ पटक ‘गोल्डेन बुट’


0
Shares

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा सातौँ पटक गोल्डेन बुट जितेका छन् ।

गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे ।

योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जमा दोस्रो स्थानमा रहे ।

ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाएका हुन् ।

गोल्डेन बुट जिते पनि मेस्सीले यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन भने सकेनन् । यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ ।

अन्तिम खेलमा भने रियाल मड्रिडलाई हिजो लेगानेजले २–२ गोलको बराबरीमा रोकेको छ । एजेन्सी