
काठमाडौं । भेट्टाएको वा चोरीको मोबाइल भए तत्काल फिर्ता गर्न नेपाल दुरसंचार प्राधिकरणले सार्वजनिक सूचना आब्हान गरेको छ ।
हराएका या चोरिएका फोन प्रयोग गर्ने प्रवृत्ति बढिरहेका बेला प्राधिकरणले त्यस्ता फोन प्रयोग गरिरहेकाहरूलाई तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
मोबाइल हराए र कसैको भेट्टाएमा प्रहरी र दूरसञ्चार कार्यलयमा खबर गर्न आग्रह गरिएको छ । अन्यथा कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।
हराएका वा भेटाएका फोन नजिकैको प्रहरी कार्यालयमा फिर्ता गर्न सकिने छ । प्राधिकरणले चाहेको खण्डमा नम्बरमार्फत मोबाइल ट्रयाकिङ गरेर हराएका फोनबारे पत्ता लगाउन सक्छ ।
आफ्नो वेबसाइटमार्फत पनि त्यस्ता फोनबारेको जानकारी दिन सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको सिफारिसमा मात्र नेपालमा फोनसेट आयात हुन्छ ।
यसरी आयात हुने फोनसेटका आईएमईआई र एमईआईडी नम्बर प्राधिकरणसँग हुन्छ । त्यसैले प्राधिकरणले मोबाइल ट्रयाकिङ सुविधा लिन सबैमा आग्रह पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्