
प्रकाश लम्साल (इमेज)
बारा, साउन ५ । बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधिसहित सोमबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा गाउँपालिका अध्यक्षसहित नौजना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, छजना गाउँपालिकाका कर्मचारी, छजना स्वास्थ्यकर्मीका परिवार सदस्य र बाँकी स्थानीय रहेकोे प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
गाउँपालिकाका ७४ ओटा नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार अर्को सूचना जारी नभएसम्मका लागि देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्