१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप (भिडियो)


26
Shares

buddha india nepal

नरेन्द्र मानन्धर (इमेज)

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मर्यादा पुरुषोत्तम ‘श्रीरामको जन्म नेपालमा भएको’ भनी दिएको अभिव्यक्तिले चर्को विवाद निम्त्याउँदा भारतको अयोध्या राम जन्मभूमि नभएको स्वयं भारतीय बौद्ध समुदायले दाबी गरेका छन् ।

उनीहरुको आरोप छ, ‘मोदी सरकारले कोरोनाको महामारीमा अयोध्यामा राम मन्दिर बनाउन खोजेर छद्म राष्ट्रवाद देखाउन खोज्यो’ ।

भारतका विभिन्न बौद्ध संगठनहरुले भारतको अयोध्या राम जन्मभूमि भनिएको ठाउँ प्राचीन बौद्धस्थल साकेत भएको दाबी गर्दै संघर्ष गर्दैै आएका छन् ।

पुरातात्विक प्रमाणको आधारमा पनि अयोध्या राम जन्मभूमि नभएको भन्दै उनीहरुले शक्तिको आडमा व्यापारिक प्रयोजनका लागि अयोध्यालाई राम जन्मभूमि बनाउन खोजेको आरोप लगाएका छन् ।

भारतको सर्वोच्च न्यायालयले पुरातात्विक प्रमाणलाई बेवास्ता गर्दै राम मन्दिर बनाउने पक्षमा फैसला गरेको भन्दै असन्तुष्टि जनाएका उनीहरु अनशनमा समेत बसेका थिए ।

अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनका बौद्ध भिक्षुहरुले प्राप्त प्राचीन मूर्तिहरु सार्वजनिक गर्न र प्राचीन बौद्धनगर साकेत घोषणा गर्न माग गरिरहेका छन् ।

भिक्षु बुद्धशरण केसरियाले प्राचीन बुद्ध नगरी साकेत वर्तमान अयोध्यामा राम मन्दिर निर्माणकार्य रोकेर युनेस्कोको संलग्नतामा विवाद समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

भिक्षु केसरियाले अयोध्या बुद्धका समकालीन राजा प्रसेणजितले विकास गरेको र बोधिसत्व लोमश ऋषिको प्राचीन साकेत नगरी भएको जिकिर गर्नुभयो ।

भारतीय पुरातत्व विभागले विगतमा अयोध्यामा उत्खनन् गर्नेक्रममा समेत बौद्धस्तूपालगायतका बौद्ध सामग्रीहरु पाइएको जनाइएको छ ।

साकेत मुक्ति आन्दोलनका अगुवा विनित मौर्य अयोध्यालाई प्राचीन साकेतको मान्यता नदिएसम्म संघर्ष जारी राख्ने बताउनुहुन्छ ।

फर्जी राष्ट्रवादको लागि मोदी सरकारले अयोध्यामा राम जन्मभूमि भनेर राम मन्दिर बनाउन लागेको आरोप उहाँले लगाउनुभयो ।

काल्पनिकतालाई इतिहास बनाएर मोदी सरकारले छद्म राष्ट्रवाद देखाउन खोजेको उहाँको आरोप छ ।

राम मन्दिर निर्माणको क्रममा जमिन सम्म पार्नेक्रममा त्यहाँ बौद्ध संस्कृतिसँग जोडिएका बुद्ध मूर्ति, अशोक धम्मचक्र, कमलको फूल र अन्य अवशेष प्राप्त भएको विनित मौर्यको दाबी छ ।

भारतमा चर्को विरोधका बाबजुद् अयोध्यामा राम मन्दिर निर्माण गर्न अगष्ट ५ भित्र प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास र भूमिपूजन गर्ने निर्णय श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले गरिसकेको छ ।

एकातिर अयोध्यामा राम मन्दिर निर्माणको प्रक्रिया र अर्कोतर्फ भारतका विभिन्न बौद्ध संगठनहरुले मन्दिर नबनाउन माग गरी आन्दोलनमा उत्रिरहेको अवस्थामा विवादको समाधान कसरी होला, त्यो भने प्रतीक्षाकै विषय छ ।

भिडियो हेर्नुहोस्

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप

Posted by ImageKhabar.com on Monday, July 20, 2020