
फाइल तस्वीर ।
काठमाडौं, साउन ५ । पार्टी महाधिवेशन आउन केही समयमात्र बाँकी रहँदा नेपाली कांग्रेसको महिला विभागमा सचिव र सदस्यहरू मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय महिला विभाग विस्तार गर्नुभएको हो ।
पार्टी मुख्यसचिव कृष्ण पौडेलकाअनुसार सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने अन्य विभिन्न जिल्लाका ३७ जनालाई सदस्यमा नियुक्त गरिएको छ ।
विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएकी ईश्वरी न्यौपानेलाई यसअघि नै मनोनीत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्