१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायत र हङकङबीच सुपुर्दगी सन्धी स्थगित: वेलायतले क्रुर हस्तक्षेप गरेको चीनको आरोप


0
Shares

काठमाडौं । बेलायतले हङकङसंग तत्काल लागू हुने गरी अनिश्चितकालसम्मका लागि सुपुर्दगी सन्धि स्थगीत गरेको छ ।

यो सुपुर्दगी सन्धी स्थगित भएसंगै बेलायत वा हङकङमा रही कसैले आपराधिक गतिबिधी गरेमा एक अर्काले सम्बन्धित देशका अपराधीलाई सुपुर्दगी गरिने छैन ।

बेलायतका बिदेश सचिव डोमिनिक रावले बेलायतले चीनसंग सकारात्मक सम्बन्ध राख्न चाहेको जानकारी दिंदै चीनले हङकङमाथि नयाँ सुरक्षा कानुन लागू गरेको बिषय गम्भीर भएको प्रतिक्रिया दिनुभयो ।

यसैबीच चीनले बेलायतलाई क्रुर हस्तक्षेप गरेको आरोप लगाउँदै आफूहरु अन्तर्राष्ट्रिय कानुनको समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

गत जुनको अन्त्यमा चीनले हङकङका कुनै पनि अपराधीलाई चीनमा सुम्पनु पर्ने कानुन लागू गरेको थियो ।

चीनले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई आजीवन काराबारको सजाय दिने गरेको थियो ।

बेलायती बिदेश मन्त्री रावले आगामी बर्ष बेलयतमा रहेका लाखौं हङकङका नागरिकरुलाई बेलायतको नागरिकता दिने योजना रहेको स्पष्ट पार्नुभयो ।

बिदेशमन्त्री रावले बेलायत चीनसंग सकारात्मक सम्बन्ध बिस्तार गर्न तयार रहेको बताउँदै दुई देश उत्पादनशील र रचनात्मक रुपमा मिलेर काम गर्न सकिने पनि स्पष्ट पार्नुभयो । (एजेन्सी)