
काठमाडौं । अविरल बर्षाका कारण भरतपुर महानगरपालिका विभिन्न स्थानमा नारायणी नदीको पानी पसेपछि त्यहाँका सर्वसाधारण प्रभावित भएका छन् ।
नारायणी नदीको बहाब बढ्दै गएपछि भरतपुर महानगरपालिकाका १६, २६, २७ र २८ नम्बरका घरहरुमा पानी पसेको छ ।
भगडी सिसुवा, सिसै, न्यूरेचोक, गाँजिपुर क्षेत्रमा पानी पसेकोे छ । अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरणको गर्ने तयारी भईरहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।
यसैबीच नारायणी नदीले जल सतर्र्कता तह पार गर्दै नारायणी नदी किनारमा राखिएको हात्तीको प्रतीमा बगाएकोमा त्यसलाई स्थानीय बासिन्दाले जोगाएका छन् ।
नारायणी नदीमा बढ्दो पानीको बहावले किनारामा रहेको दुईवटा हात्तीको प्रतिमा बगाएको थियो । बगाएको हात्तीको प्रतीमा जोगाउन दर्जनौ स्थानीय बासिन्दाले लामो समयको प्रयास गरी जोगाएका हुन् ।
अविरल बर्षाका कारण नारायणी नदीले अहिले सतर्कता तह पार गरेको छ । यसअघि खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन नदी मापन केन्द्रले आम सर्वसाधारणलाई अपील गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्