
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने भएको छ ।
क्यानको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र व्यवस्थापकका लागि एक सातामा दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि यो पद रिक्त छ । हिजोको बैठकमा क्यानले विभिन्न सात वटा निर्णय सार्वजनिक गरेको छ ।
क्यानले सात प्रदेशका लागि प्रशिक्षकको दरखास्त खुल्ला गर्ने तथा मुलपानीसहित अरु तीन वटा मैदानका लागि एक एक जना क्युरेटर नियुक्त गरेको छ ।
यसका साथै क्यानले भदौं १५ गतेभित्र क्यानको साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी क्यानले केन्द्रिय सदस्य जयन्ती भट्टको संयोजकत्वमा सात सदस्यीय महिला क्रिकेट विकास समिती बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्