२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नयाँ पुलमा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध


0
Shares

डम्मर बुढा मगर,
बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत कुश्मा–बागलुङ खण्डमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ नयाँपुलमा सडक माथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

सोमबार राति साढे ९ बजे तिर ठूलो ढुङ्गासहित झरेको पहिरोले सडक अवरुद्ध बनेपछि म्याग्दी र बागलुङबाट काठमाण्डौ पोखरा संचालन हुने ठूला यायातात ठप्प भएको रेग्मीको भनाई छ ।

साना गाडी संचालन भएपछि सडकमा ठूलो ढुङ्गा खसेको हुँदा ठूला साधानहरु संचालन हुन नसकेको प्रवक्ता रेग्मीले बताउनुभयो । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।