
काठमाडौं । नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।
नारायणी नदीको सतह खतरामाथि पुगेपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालयका सम्पर्क अधिकारी तारासिंह थापाले बताउनुभयो ।
गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक हो । पुरानो भएकाले अहिले त्यसको क्षमता चार लाखको हाराहारीमा रहेको छ ।
३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ । हिजो सांझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक रहेको सम्पर्क अधिकारी सिंहले जानकारी दिनुभयो ।
यसैबीच, नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिनुभयो ।
कमाण्ड क्षेत्रमा सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाऊँपालिकाका ३० भन्दा बढी गाउँ पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्