
नवलपरासी । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका २ जना वेपत्ता भएका छन् ।
पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता सार्की दम्पतीको स्थानीयहरुले खोजी गरिरहेका छन् ।
पानी निरन्तर परिरहेकाले खोजी कार्यमा कठिनाई भएको छ । यसैबीच पहिरोका कारण सडक अवरुद्ध हुँदा बुलिङटार र बौदिकाली गाउँपालिका जाने सबै मोटर बाटो अवरुद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्