१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं भित्रका नदीमा पानीको बहाब बढ्यो, नदी आसपासका बस्ती डुबानमा (भिडियो)


0
Shares

काठमाडौं । वर्षा सुरु भएसँगै काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव बढ्दा खोला आसपासका बस्तीहरु डुबानमा परेका छन् ।

आईतबारदेखि लगातार परेको वर्षाले बाग्मती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा पानीको बहाव बढ्दा नदी आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

हिजो बाग्मती नदीमा आएको बाढीले थापाथलीस्थित सुकुम्बासी बस्तीसमेत जलमग्न भएको थियो ।

टेकु, बल्खु, किर्तिपुर लगायतका सुकुम्बासी बस्ती समेत बाढीले प्रभावित वनाएको छ ।

गतवर्ष मात्रै डुबानमा परेका कलंकी, मैत्रीनगर र खसीबजार क्षेत्र यसवर्ष पनि डुबानको उच्च जोखिममा रहेको छ ।

यसअघि जल तथा मौसम विज्ञान विभागले साउन ४ देखी ९ गतेसम्म देशैभरी भारी वर्षा हुने पूर्वसूचना दिएको थियो ।

सुरक्षा निकायका तथ्यांक अनुसार काठमाडौंमा ३३, ललितपुरमा १४ र भक्तपुरमा ६ स्थानमा डुबान हुन सक्ने जनाएको छ ।

हेरौं भिडियो