२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


धादिङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु


0
Shares

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले जानकारी दिनुभयो ।

एउटा मात्र घर बगाएको र बाँकी पाँच घर जोखिममा रहेकाले उनीहरुलाई राति नै अन्यत्र सारिएको छ । लगातारको वर्षाका कारण घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।