
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँ गएरातीदेखि डुबानमा परेको हो ।
सुस्तामा २ सय ६५ घरधुरी छन् । नारायणी नदीको पानी गाउँमा पसेका कारण सबै घरधुरीसहित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र सीमा प्रहरी चौकी पनि डुबानमा परेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो ।
डुबानमा परेका स्थानीय र सुरक्षाकर्मीलाई गाउँपालिकाले निर्माण गरेको सामुदायिक भवन, स्कुल र अग्लो स्थानमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्