२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीनको केरुङ च्छो ताल फुट्ने भएपछि सिन्धुलीका नदी किनारका बस्ती खाली गरिदैं


0
Shares

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी किनार आसपासका बस्तीमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरीमा पानी भरिएको र फुट्न सक्ने सम्भावना रहेको भन्दै प्रशासनले भोटेकोशी तथा सुनकोशी किनारका वासिन्दालाइ सचेत रहन आग्रह गरेको हो ।

पानीको सतह भन्दा निकै माथिसम्म पानीको छाल पुग्नसक्ने भन्दै जिल्लाको सुनकोशी, गोलञ्जोर र फिक्कल गाउपालिका क्षेत्रका सुनकोशी नदी किनारमा रहेका सबैलाई सतर्क रहन आग्रह गरीएको छ ।

जिल्लाको बीपी राजमार्गमा लेदोमाटो खसेका कारण राजमार्ग अबरुद्ध हुदै आएको छ । वर्षाका कारण बीपी राजमार्गको खुर्काेट नेपालथोक खण्ड र खुर्काेट घुर्मी खण्डको मध्यपहाडी राजमार्ग अबरुद्ध भइरहेको छ ।

पहिरोले ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका जिल्लाबाट संचालन हुने सबै यातायात सेवा अवरुद्ध भएको छ ।