
बाग्लुङ । पहिरोले अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग ११ घण्टापछि खुलेको छ । कुश्मा–बागलुङ सडक खण्डमा ११ घण्टापछि साना सवारी साधन मात्र संचालनमा आएका छन् ।
अविरल वर्षासँगै सडक माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको थियो । ठूला ढुङ्गा सहित सडकमा पहिरो झरेपछि म्याग्दी र बागलुङबाट काठमाण्डौ पोखरा संचालन हुने यायातात ठप्प भएका थिए ।
डोजर लगाएर साना गाडी संचालन गरे पनि ठूला गाडीहरु भने अझै संचालनमा आउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्