
झापा । जिल्ला प्रहरी कार्यालय झापाले ५ करोड रुपैयाँ भन्दा बढीको अबैध सामग्री वरामद गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गर्दै गरेको अवस्थामा ५ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
वरामद गरिएको सामग्री भन्सारमा बुझाइएको छ । प्रहरीको सक्रियताका कारण पछिल्लो तीन वर्षमा सवैभन्दा बढी आर्थिक वर्ष २०७६/०७७ मा भन्सार छलेर चोरी पैठारी गरेको अवस्थामा सामान बरामद भएको हो ।
प्रतिक्रिया दिनुहोस्