१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘लकडाउन’ अन्त्य, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णय


13
Shares

nepal

काठमाडौं, साउन ६ । कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

यस्तै, निजी सवारी–साधनमा लगाउँदै आएको जोर–बिजोर प्रणाली पनि हटाइएको छ ।

मन्त्रिपरिषद् बैठकले साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णयसमेत गरेको छ ।

हाल होटलहरु बन्द नै छन् भने रेस्टुरेन्टहरुमा ‘प्याकिङ’ र ‘टेक अवे’ सेवामात्र दिने अनुमति छ । तर, सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन ।

सरकारका प्रवक्ता डा. खतिवडाले ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने जानकारी दिनुभयो ।

हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको उहाँको भनाइ छ ।

सरकारी कार्यालयमा हाल भइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ ।

अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु पढ्नोस्